आर्थिक स्थिति ठिकठाक भनेकै दिन नेप्सेमा २७ अंकको वृद्धि
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा २७ अंकमाथिको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सकारात्मक आर्थिक सूचक सार्वजनिक गरेकै दिन नेप्सेमा सकारात्मक वृद्धि हुन पुगेको हो । केन्द्रीय बैंकले मंगलबार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ ।
अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले रेमिट्यान्स बढेको, १५ प्रतिशतले विदेशी मुद्राको सञ्चिति बढेको त समीक्षा अवधिमा शोधानान्तर स्थिति १ खर्ब ४८ अर्बले बचतमा देखाएको छ । यसैदिन नेप्सेमा २७.३१ अंकले बढेर १८ सय ७१.३३ अंकको विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७९ प्रतिशतले बढेर ३५५.४५ अंकको विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचकहरू धनात्मक हुँदै सेयर बजारमा नै हरियाली छाएको छ । म्यानु एण्ड प्रो समूहको उपसूचक ३.२८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक २.४३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.३५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक १.५७ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ समूहको उपसूचक १.४१ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.६८ प्रतिशतले बढेको छ ।
आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको सेयर मूल्य आज ३.५४ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण