योग्यताको आधारमा विद्यार्थी भर्ना गर्न अनेरास्ववियुको माग
काठमाडौँ । अनेरास्ववियुले चिकित्सा शिक्षा पढ्न मेरिटबेसको आधारमा विद्यार्थी भर्ना माग गरेको छ । चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले एकीकृत प्रवेश परीक्षामा पास भएका विद्यार्थीहरूलाई मेरिटको आधारमा भर्ना गर्न माग गरेको हो ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले जारी गरेको ज्ञापनपत्र आयोगलाई बुझाउँदै एमडी, एमबीबीएस लगायतका शैक्षिक कार्यक्रममा योग्यताक्रम अनुसार नै विद्यार्थी भर्ना गर्न माग गरेका हुन् ।
अनेरास्ववियुका केन्द्रीय सचिव डा. सुजन कडरिया, अनेरास्ववियु चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीका अध्यक्ष पुष्पराज भाम लगायतले आयोगको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।
एकीकृत प्रवेश परीक्षाको नतिजा अनलाइन प्राथमिकता निर्धारणका आधारमा हुनेछ भनेर चिकित्सा शिक्षा ऐनले स्पष्ट उल्लेख गरेको छ । तर, आयोगले योग्यताअनुसार भन्दा पनि अन्तिमबाट विद्यार्थी भर्ना गराउन लागेको भन्दै सच्याउन माग गरिएको अध्यक्ष भामले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण