योग्यताको आधारमा विद्यार्थी भर्ना गर्न अनेरास्ववियुको माग

काठमाडौँ । अनेरास्ववियुले चिकित्सा शिक्षा पढ्न मेरिटबेसको आधारमा विद्यार्थी भर्ना माग गरेको छ । चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले एकीकृत प्रवेश परीक्षामा पास भएका विद्यार्थीहरूलाई मेरिटको आधारमा भर्ना गर्न माग गरेको हो ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले जारी गरेको ज्ञापनपत्र आयोगलाई बुझाउँदै एमडी, एमबीबीएस लगायतका शैक्षिक कार्यक्रममा योग्यताक्रम अनुसार नै विद्यार्थी भर्ना गर्न माग गरेका हुन् ।
अनेरास्ववियुका केन्द्रीय सचिव डा. सुजन कडरिया, अनेरास्ववियु चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीका अध्यक्ष पुष्पराज भाम लगायतले आयोगको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।
एकीकृत प्रवेश परीक्षाको नतिजा अनलाइन प्राथमिकता निर्धारणका आधारमा हुनेछ भनेर चिकित्सा शिक्षा ऐनले स्पष्ट उल्लेख गरेको छ । तर, आयोगले योग्यताअनुसार भन्दा पनि अन्तिमबाट विद्यार्थी भर्ना गराउन लागेको भन्दै सच्याउन माग गरिएको अध्यक्ष भामले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ
-
स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल
-
कर्णाली आन्तरिक आम्दानीमा निरन्तर कमजोर
-
पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार