दराजद्वारा नयाँ बर्ष, नयाँ रहर को औपचारिक घोषणा
काठमाडौँ । अनलाइन बजार दराज नेपालले आफ्नो वार्षिक अभियान 'नव बर्ष उत्सव: नयाँ बर्ष, नयाँ रहर'को औपचारिक रूपमा घोषणा गरेको छ । यो सँगै दराजले 'किनौँ सबै दराजमा' भन्ने मुल नाराका साथ आफ्नो प्लेटफर्ममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने कम्पनीले जनाएको छ । जसअनुसार खरिदकर्ता र बिक्रेतालाई आपसमा जोड्ने क्रमलाई जोड दिइएको कम्पनीको भनाइ छ ।
कम्पनीकी प्रबन्ध निर्देशक आँचल कुँवरले दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको बताइन् । तसर्थ, यसको लागि नेपाली नयाँ बर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न बिक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको उनको भनाइ छ ।
नेपाली नयाँ वर्ष अभियानले 'किनौ सबै दराज मैं' भन्ने सन्देश दिन खोजेको छ । यो अवसरमा मेगा गिभ अवेमा १०९,९९९ बराबरको realme GT 2 Pro, मेगा डिल अफरमा ७०% सम्म छुट, मेगा भाउचरमा रु.५००० सम्मको छुट र प्रि-पेमेन्टमा रु. 1000 सम्म छुट बैंक कार्डमा लागू हुन्छ हुनेछ ।
यसैगरी नबिल बैंक, ग्लोबल आईएमई, एन आई सि एसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंकको कार्ड भएका ग्राहकहरुले प्रि-पेमेन्टमा 20% (रु. १००० सम्म) छुट लिन सक्नेछन् | त्यसैगरी, ग्राहकहरूले IME Pay मार्फत प्रीपेमेन्टमा १०% अधिकतम रु २०० र eSewa मार्फत १०% अधिकतम रु. 100 सम्मको छुट पाउन सक्नेछन् ।
यी अफरहरूको मजा लिन दराज नेपालले आफ्ना ग्राहकहरुलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड सक्रिय गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण