आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दराजद्वारा नयाँ बर्ष, नयाँ रहर को औपचारिक घोषणा

बुधबार, २९ चैत २०७९, ११ : ५९
बुधबार, २९ चैत २०७९

काठमाडौँ । अनलाइन बजार दराज नेपालले आफ्नो वार्षिक अभियान 'नव बर्ष उत्सव: नयाँ बर्ष, नयाँ रहर'को औपचारिक रूपमा घोषणा गरेको छ । यो सँगै दराजले 'किनौँ सबै दराजमा' भन्ने मुल नाराका साथ आफ्नो प्लेटफर्ममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने कम्पनीले जनाएको छ । जसअनुसार खरिदकर्ता र बिक्रेतालाई आपसमा जोड्ने क्रमलाई जोड दिइएको कम्पनीको भनाइ छ ।

कम्पनीकी प्रबन्ध निर्देशक आँचल कुँवरले दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको बताइन् । तसर्थ, यसको लागि नेपाली नयाँ बर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न बिक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको उनको भनाइ छ ।

नेपाली नयाँ वर्ष अभियानले 'किनौ सबै दराज मैं' भन्ने सन्देश दिन खोजेको छ । यो अवसरमा मेगा गिभ अवेमा १०९,९९९ बराबरको realme GT 2 Pro, मेगा डिल अफरमा ७०% सम्म छुट, मेगा भाउचरमा रु.५००० सम्मको छुट र प्रि-पेमेन्टमा रु. 1000 सम्म छुट बैंक कार्डमा लागू हुन्छ हुनेछ ।

यसैगरी नबिल बैंक, ग्लोबल आईएमई, एन आई सि एसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंकको कार्ड भएका ग्राहकहरुले प्रि-पेमेन्टमा 20% (रु. १००० सम्म) छुट लिन सक्नेछन् | त्यसैगरी, ग्राहकहरूले IME Pay मार्फत प्रीपेमेन्टमा १०% अधिकतम रु २०० र eSewa मार्फत १०% अधिकतम रु. 100 सम्मको छुट पाउन सक्नेछन् ।
यी अफरहरूको मजा लिन दराज नेपालले आफ्ना ग्राहकहरुलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड सक्रिय गर्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप