मेनपावरमा छापा हान्न निर्देशकहरूको नेतृत्वमा टोली गठन
काठमाडौँ । मेनपावर व्यवसायीमाथि अनुगमन गर्नका लागि वैदेशिक रोजगार विभागले निर्देशकहरूको संयोजकत्वमा समिति गठन गरेको छ । विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित र ठगी नियन्त्रणको कार्यलाई नतिजामुखी बनाउन निर्देशकहरूको नेतृत्वमा तीन वटा समिति गठन गरेको हो ।
उक्त समितिहरूले विभागमा दर्ता रहेका म्यानपावर कम्पनी तथा अभिमुखीकरण संस्थाहरूमा अनुगमन गर्ने निर्देशक कृष्णप्रसाद भुसालले बताए ।
जुनसुकै अवस्थामा अनुगमनमा टोली जाने टोलीलाई आवश्यक कागजात, माग गरिएका विवरण तथा जानकारी उपलब्ध गराइदिन सबैमा अनुरोध समेत गरेको छ । मेनपावर व्यवसायीहरूले वैदेशिक रोजगारीको नाममा ठगी गरेका थुप्रै घटना सार्वजनिक भइरहेका छन् । विभागले अहिलेसम्म सूचनाको आधारमा मात्र अनुगमन गर्दै आएको थियो । नियमित अनुगमन गर्न सकेको छैन् । ठगीका घटना बढ्दै जान थालेपछि नियमित अनुगमनका लागि निर्देशकहरूलाई जिम्मा दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण