मेनपावरमा छापा हान्न निर्देशकहरूको नेतृत्वमा टोली गठन

काठमाडौँ । मेनपावर व्यवसायीमाथि अनुगमन गर्नका लागि वैदेशिक रोजगार विभागले निर्देशकहरूको संयोजकत्वमा समिति गठन गरेको छ । विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित र ठगी नियन्त्रणको कार्यलाई नतिजामुखी बनाउन निर्देशकहरूको नेतृत्वमा तीन वटा समिति गठन गरेको हो ।
उक्त समितिहरूले विभागमा दर्ता रहेका म्यानपावर कम्पनी तथा अभिमुखीकरण संस्थाहरूमा अनुगमन गर्ने निर्देशक कृष्णप्रसाद भुसालले बताए ।
जुनसुकै अवस्थामा अनुगमनमा टोली जाने टोलीलाई आवश्यक कागजात, माग गरिएका विवरण तथा जानकारी उपलब्ध गराइदिन सबैमा अनुरोध समेत गरेको छ । मेनपावर व्यवसायीहरूले वैदेशिक रोजगारीको नाममा ठगी गरेका थुप्रै घटना सार्वजनिक भइरहेका छन् । विभागले अहिलेसम्म सूचनाको आधारमा मात्र अनुगमन गर्दै आएको थियो । नियमित अनुगमन गर्न सकेको छैन् । ठगीका घटना बढ्दै जान थालेपछि नियमित अनुगमनका लागि निर्देशकहरूलाई जिम्मा दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन