बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

प्रथम लुम्बिनी लनटेनिसको उपाधि श्रेष्ठलाई

बिहीबार, ३० चैत २०७९, २१ : ४१
बिहीबार, ३० चैत २०७९

रुपन्देही । लुम्बिनी प्रदेशस्तरीय प्रथम लनटेनिस प्रतियोगिता, २०७९ को उपाधि सञ्जय श्रेष्ठले चुमेका छन् । रुपन्देही लनटेनिस सङ्घको आयोजनामा बुटवलस्थित देवीनगर लनटेनिस कोर्टमा आज सम्पन्न मेन्स सिङ्गल फाइनल प्रतियोगितामा श्रेष्ठले अनिल सेञ्चुरीलाई ६–३, ६–० को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । 

यसैगरी मेन्स डबल्सतर्फ गोपाल ज्ञवाली र अनिल सेञ्चुरीको जोडीले जित हात पारेको छ । फाइनल खेलमा अर्जुन गुरुङ र मनोज नेपालको जोडीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै ज्ञवाली र सेञ्चुरीको जोडी विजेता बनेको हो ।

चैत २८ देखि सञ्चालन भएको प्रतियोगिता दुई विधामा दुई दर्जन खेलाडीले भाग लिएका थिए । समाजसेवी मृगेन्द्र शेरचनले पुरस्कार वितरण गर्दै खेलबाट खेलाडीमा अनुशासन विकाससँगै एकता ल्याउने बताए । सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले काठमाडौँ, पोखरापछि बुटवलमा लनटेनिस खेलको विकास भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप