दक्षिण कोरिया बस दुर्घटना हुँदा ३५ जना घाइते
बिहीबार, ३० चैत २०७९, २१ : ५२
सियोल । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा पर्ने चुङ्जुमा बिहीबार एक पर्यटक बस पल्टिँदा ३५ जना घाइते भएका समाचार संस्था योनहापले जनाएको छ ।
विदेशी यात्रु बोकेको बस स्थानीय समयअनुसार साँझ ६ः०५ बजे चुङ्जुमा दुर्घटना भएको थियो ।
तीमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २४ जना सामान्य घाइते भएका छन् ।
घाइते हुनेमा एक चालक र एक पर्यटक पथपर्दशकबाहेक ३३ जना विदेशी पर्यटक रहेका छन् ।
सबै घाइते कुन देशका हुन् भन्नेबारे अझै पत्रा लागि नसकेको प्रहरीले बताएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण