आइतबारबाट नयाँ शैक्षिक सत्र सुरु
काठमाडौं । विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समूह लक्षित भर्ना अभियान आइतबारबाट शुरू हुँदै छ । सरकारले हरेक वर्ष वैशाख २ गतेदेखि महिनाभर भर्ना अभियान शुरू गर्ने गर्छ ।
यो वर्ष वैशाख २ गते शनिवार परकाले आइतबारबाट मात्रै अभियान शुरू हुँदै छ। विद्यालय जाने ४ देखि १५ वर्ष उमेर समूहलाई लक्षित गरी अभियान शुरू गर्न लागेको हो । यो अभियानमा करिब ३ लाख विद्यार्थीलाई विद्यालयमा ल्याउने लक्ष्य रहेको छ ।
शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक गोविन्दराज पोखरेलले विद्यालय बाहिर रहेका करिब १० प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन भर्ना अभियान शुरू गर्न लागिएको जानकारी दिए । उनका अनुसार कक्षा १-१२ सम्म ३४ लाख विद्यार्थी अध्ययनरत छन् ।
त्यसको १० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको केन्द्रको तथ्याङ्क छ। विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालय ल्याउन स्थानीय तह, नगरपालिका र गाउँपालिका महासंघले विशेष ध्यान
दिनुपर्ने हुन्छ । निर्देशक पोखरेलले त्यसका लागि सबै स्थानीय तह, विद्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा परिपत्र गरेको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
-
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण