दार्चुलामा प्रेमी–प्रेमिका मृत फेला
शुक्रबार, ०१ वैशाख २०८०, १० : ३७
काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित सिप्टी जाने सडक खण्डको बासिडाँडामा प्रेमी–प्रेमिका मृत भेटिएका छन् । नौगाड–४ घर भएका लोकेन्द्र ठगुन्ना र सन्जिला धामीको शव भेटिएको दार्चुलाका डिएसपी तर्कराज पाण्डेले रातोपाटीलाई बताए । सडकबाट करिब २५० मिटर तल भेटिएको शव प्रहरीले शुक्रवार बिहान उठाएर अस्पतालमा पठाएको छ । मृतकहरु दुवैजना १७ वर्षका छन् ।
किशोरीको शरीरमा चोटपटक लागेको छ । प्रेमीको शव भिरमा अड्किएको अवस्थामा भेटिएको छ । घटनास्थमा आंशिक फुटेको अवस्थामा मोबाइल भेटिएको डिएसपी पाण्डेले जानकारी दिए । चैत २९ मा उनीहरु मेला हेर्न घरबाट बासिडाँडातर्फ लागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण