कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि पहिलोपटक आज तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा कोरोना सङ्क्रमण पुष्टि भएपश्चात भेरी अस्पतालमा प्रेषण भएकी महिलाको शल्यक्रियामार्फत छोरा जन्मिएको छ । दुई दिनदेखि बेथा लागेर उपचारका लागि दाङका विभिन्न अस्पताल हुँदै शिक्षण अस्पताल कोहलपुरमा आउँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
भेरी अस्पतालमा उपचारका लागि ल्याउँदा गर्भवतीको अवस्था जटिल हुन पुगेको थियो । यसअघि अस्पतालमा कोरोना सङ्क्रमणको दोस्रो लहरका बेला सङ्क्रमित गर्भवतीको शल्यक्रिया गरिएपनि त्यसयताको यो शल्यक्रिया पहिलो भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए ।
धेरै अस्पतालबाट प्रेषण हुँदै आउँदा गम्भीर अवस्थामा पुगेको सङ्क्रमित गर्भवतीको तत्काल शल्यक्रिया गरिएको बताउँदै उनले आमा र बच्चालाई अस्पतालमै आइसोलेशनको व्यवस्था गरेर राखिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण