पाल्पामा ट्वाइलेट भित्रै मृत फेला परे एक युवक
शनिबार, ०२ वैशाख २०८०, ०९ : ५३
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ–२ हरियाली गाउँ भई विगत एक वर्षदेखि ससुराली घरमा बस्दै आएका ४५ वर्षीय डम्बर बहादुर खत्री ट्वाइलेटभित्र मृत अवस्थामा फेला परेको हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लामो समयसम्म पनि बाहिर नआएपछि शङ्का लागेर ढोकाको चुकुल फोरेर हेर्दा खत्री मृत अवस्थामा फेला परेका थिए ।
उनी ट्वाइलेटमा पानी राखिएको ड्रममा टाउको डुबेको अवस्थामा लडिरहेको भेटिएको थिए। जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनाबारे थप अनुसन्धान सुरु भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण