खड्ग गर्बुजाले ल्याए लाउरे ठाडो भाका (भिडियोसहित)
काठमाडौँ । गायक खड्ग गर्बुजाको नयाँ लोकदोहोरी गीत लाउरे ठाडो भाका शुक्रबार सार्वजनिक भएको छ ।
गीतमा शब्द तथा संगीत गर्बुजाकै रहेको छ । द भ्वाइस अफ नेपालकी ताराश्रीष मगरले गर्बुजालाई गायनमा साथ दिएकी छन् ।
‘लाहुरेको मनको कुरा बोलेको छ यो गीतले । गण्डकी क्षेत्रमा रहेका गुरुङ, मगरहरू लाहुर जाँदा गाइने गीत हो, लाउरे’, गीतको सन्दर्भ जोड्दै उनले भने ।
सालैजो सोरठी, यानिमाया ठाडो भाका कौरा झ्याउरे ख्यालीजस्ता गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक हुन् गर्बुजा ।तीन दशकदेखि संगीत क्षेत्रमा रहेका उनले आफ्ना पुराना गीत पनि भिडियोमार्फत् दर्शकमाझ ल्याउने बताए ।
गीतको भिडियोमा अभिनेता राहुल केसी र अभिनेत्री केकी अधिकारीको रहेको छ ।
राजु केसीको निर्देशनमा तयार भएको गीतलरक्षा बानिया र आकाश केसीले निर्माण गरेको हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको लाउरे केसीएम युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण