सातामा प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्म सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम थियो । जबकी, यो साताको अन्तिम कारोबार दिन बिहीवारसम्ममा सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम छ । यो साताको शुक्रबार नेपाली नयाँ वर्ष परेर सुनको कारोबार भएन ।
यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य समेत बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिनसम्ममा तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ कायम छ । यसैगरी, यो साता चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघले गत साता चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ रहेकोमा यो साताको अन्तिम कारोबार दिनसम्म १४ सय ५० रुपैयाँ कायम भएको जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण