सेयर बजारको खराब सुरुवात : २ अंकले नेप्से घट्दा ९६ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा २ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २.८० अंकले घट्दै १९ सय ३१.६८ अंकको विन्दुमा ओर्लिएको हो ।
उसो त २ अंकले घटेको बजारमा आज कारोबारसमेत ९६ करोड ६६ लाख २२ हजार रुपैयाँमा झरेको छ । आज चार वटा उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । बैङ्किङ समूहको उपसूचक झिनो ०.०१ प्रतिशतले मात्र बढेको छ भने होटेल तथा पर्यटन समूहको उपसूचक ४.६५ प्रतिशतले, जीवन बीमा समूह ०.०९ प्रतिशतले र निर्जीवन बीमा ०.२२ प्रतिशतले बढेको छ । अन्य ९ वटा उपसूचक १ प्रतिशत कमले घटेका छन् ।
आज आदर्श लघुवित्त वित्तीय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शनको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ भने एसियन हाइड्रोपावरको सेयर मूल्य ७.८३ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण