समाचार
तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्रका हवल्दारको मृत्यु
सोमबार, ०४ वैशाख २०८०, १० : ३२
दाङ । दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्प मल्लले रातोपाटीलाई बताए ।
ड्युटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे उनले आफैँलाई गोली हानेको आशङ्का गरिएको छ । केसीको घाँटीमा गोली लागेको छ । एसएलआर आफैँ पड्कियो वा सहायक हवल्दारले आफैँमाथि गोली चलाए भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए ।
सहायक हवल्दार केसी पाँच दिनअघि मात्रै कारागार सुरक्षा गुल्म तुलसीपुरमा सरुवा भएर आएका थिए । त्यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण