एभरेस्ट बैङ्कको मोबाइल बैङ्किङ एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु
काठमाडौँ । एभरेस्ट बैङ्कको मोबाइल बैङ्किङ एप ‘ईबीएल टच २४’मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।
एभरेस्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैङ्किङ एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरे ।
यो सेवा सुरुवात भएसंगै एभरेस्ट बैङ्कको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
ग्राहकहरूले भुक्तानी गरेलगत्तै रकम सिधै एभरेस्ट बैङ्कको खातामा जम्मा हुने सुविधा भएको यस सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुविधा पुग्ने बिश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण