हाम्रो कर्जा वास्तविक र सुरक्षित छ : कर्णाली डेभलपमेन्ट बैंक
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो बैंकबाट गरिने सम्पूर्ण कर्जाको प्रवाह नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, प्रचलित कानुन तथा बैंकको कर्जा नीति तथा निर्देशिकाको अधिनमा रही गरिएको स्पष्ट पारेको छ । साथै कर्जा पूर्णरुपमा वास्तविक एवम् सुरक्षित रहेको पनि बैंकले जानकारी दिएको हो ।
रातोपाटी डटकममा बैंक कर्मचारीको सेटिङमा गरिबलाई बोकाइयो ऋणको भारी, बोल्न र सुन्न नसक्नेको जग्गा धितो राखेर ठेकेदारले लिए ५० लाख र कर्णाली विकास बैंकमा सञ्चालकको मनपरी शीर्षकमा समाचारहरू प्रकाशित भएका थिए । त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै बैंकले प्रचलित कानुन, बैंकको कर्जा नीति तथा निर्देशिका बमोजिम तोकिएको मापदण्ड र प्रक्रिया पुऱ्याइ कर्जा लगानी गरेको स्पष्ट पारेको छ । त्यस्तै ऋणीले बैंकसँग गरेको सम्झौता बमोजिम कर्जा चुक्ता भुक्तान नगरी बैंकको सम्पर्कबाट बाहिर रहेको हुँदा बैंक प्रचलित कानुन बमोजिम स्वाभाविक कर्जा असुली प्रक्रियामा रहेको र निजको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका बारेमा बैंक पूर्णता अनभिज्ञ रहेको बैंकको भनाई छ ।
त्यसै गरी ‘बोल्न र सुन्न नसक्नेको जग्गा धितो राखेर ठेकेदारले लिए ५० लाख’ शीर्षकको समाचारको सम्बन्धमा एगे कामी नामको कर्जा यस अगावै चुक्ता भइसकेको र प्रचलित कानुन, बैंकको कर्जा नीति तथा निर्देशिका बमोजिम तोकिएको मापदण्ड र प्रक्रिया को पालना गरी कर्जा लगानी भएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण