बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अब मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार मात्रै बस्ने

सोमबार, ०४ वैशाख २०८०, १५ : ४७
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने भएको छ । यसअघि हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब एक दिनमात्रै बस्ने भएको हो । 

यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो । यसलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार आवश्यक परेमा जुनसुकै बार पनि मन्त्रिपरिषद्को बैठक बस्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप