लागुऔषधसहित पाँचजना पक्राउ
काठमाडौँ । अवैध लागुऔषधसहित पाँच जना पक्रउ परेका छन । नेपाल प्रहरीका अनुसार कास्की, पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२९ तालचोक बस्ने ३२ वर्षीया राममाया कुमाल र भारत घर भएका ३२ वर्षीय अनारुल इश्लाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरि कञ्चनपुर, भिमदत्त नगरपालिका–४ कवडहल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १७ मिलिग्राम र नगद १४ हजार ५ सय रूपैयाँसहित २५ वर्षीय निराजन बोहरालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीलाई भिमदत्त नगरपालिका–४ बाट उक्त पदार्थसहित फेला पारी पक्राउ गरेका हुन् । प्रहरीका अनुसार म।२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत प्रहरीले उनको साथबाट बरामद गरेको हो ।
यता मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ६५ मिलिग्रामसहित ३० वर्षीय भानु लावतीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ६५९० नम्बरको मोटरसाइकलमा सवार पाँचथर तुम्बेवा गाउँपालिका–३ बस्ने लावतीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै कैलाली, भजनी नगरपालिका–५ कव्वाखेडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्रामसहित १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सोही नगरपालिका–३ कनैयापुर बस्ने किशोरलाई प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण