शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिन रुसले कब्जा गरेको युक्रेनको क्षेत्र खेरसान पुगे,  अवस्थाको जानकारी लिए

मङ्गलबार, ०५ वैशाख २०८०, १५ : ०४
मङ्गलबार, ०५ वैशाख २०८०

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन खेरसान पुगेको खबर छ । रुसका अनुसार पुटिन युक्रेनको खेरसान क्षेत्रहरूमा गएका थिए जुन उनको सेनाले कब्जा गरेको छ ।

उनले त्यहाँ पुगेर सेना कमान्डको बैठक गरेको बताइएको छ । उक्त भेटमा उनले सैनिक कमान्डर सँग प्रतिवेदन लिएका थिए ।

पुटिनले लुहान्स्कको पनि भ्रमण गरेको बुझिएको छ । रुसले गत वर्ष खेरसान र लुहान्स्क कब्जा गरेको थियो । पुटिनले यस्तो भ्रमण विरलै गर्छन् ।

यद्यपि, मार्चमा उनले अचानक मारियोपोल सहरको भ्रमण गरेका थिए । पुटिनले खेरसानको भ्रमण कहिले गरेका थिए भन्ने बारे जानकारी नभए पनि रुसी मिडियाले उनले जोपोरिजियाको अवस्थाबारे जानकारी लिएको बताएको छ ।

रुसले जोपोरिजिया पनि आफ्नै क्षेत्र भएको दाबी गर्छ ।

खबरका अनुसार खेरसानमा रुसी कमान्डरसँग कुराकानी गर्दै उनले भने, ‘तपाईंको आफ्नो ड्युटीबाट ध्यान हटोस् भन्ने उनीहरू चाहँदैनन् तर तपाईंको धारणा बुझ्नु पनि मेरो लागि महत्त्वपूर्ण छ । स्थिति कता जाँदै छ भनेर म बुझ्न चाहन्छु । हामी तपाईंबाट यहाँको अवस्थाबारे बुझ्न चाहन्छौँ । हामी सूचना साझा गर्न चाहन्छौँ ।’

अघिल्लो वर्ष रुसी सेना खेरसानबाट फिर्ता भएको थियो । फेब्रुअरी सन् २०२२ मा रुसको हमलापछि यही एउटा राजधानी थियो जसमा यसले कब्जा गर्न सफलता हासिल गरेको थियो । यद्यपि, यसको केही इलाकामा अहिले पनि रुसी सैनिकको कब्जा यथावत् छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप