नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न सांसद अनिता देवीको माग
मङ्गलबार, ०५ वैशाख २०८०, १६ : ३४
काठमाडौँ । प्रतिनिधि सभा सदस्य अनिता देवीले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गरेर नागरिकता विहीन नेपाली बाबुआमाका सन्तानलाई नागरिकता दिनुपर्ने बताएकी छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद देवीले संसदबाट नागरिकता विधेयक पारित हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गरिन् । उनले नेपाली नागरिकका सन्तान नै नागरिकताबिहीन हुनुपर्दा आफूले पाउने अधिकारबाट वञ्चित हुनुपरेको भन्दै संसदबाट नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताइन् ।
त्यस्तै विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले सरकारले कृषिमा दिने अनुदान वास्तविक किसानले पाउन नसकेका बताए । उनले झोलामा खेती गर्नेहरुले मात्रै अनुदान पाइरहेका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण