नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न सांसद अनिता देवीको माग
मङ्गलबार, ०५ वैशाख २०८०, १६ : ३४

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अनिता देवीले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गरेर नागरिकता विहीन नेपाली बाबुआमाका सन्तानलाई नागरिकता दिनुपर्ने बताएकी छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद देवीले संसदबाट नागरिकता विधेयक पारित हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गरिन् । उनले नेपाली नागरिकका सन्तान नै नागरिकताबिहीन हुनुपर्दा आफूले पाउने अधिकारबाट वञ्चित हुनुपरेको भन्दै संसदबाट नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताइन् ।
त्यस्तै विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले सरकारले कृषिमा दिने अनुदान वास्तविक किसानले पाउन नसकेका बताए । उनले झोलामा खेती गर्नेहरुले मात्रै अनुदान पाइरहेका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्षलाई प्रश्न– तपाईंसँग शिक्षामा सुधार गर्ने कुन क्याप्सुल छ ? (भिडियोसहित)
-
नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
-
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान
-
सर्लाहीका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
के तपाईंलाई थाहा छ, सिम कार्डको एउटा कुना किन काटिन्छ ?