महालक्ष्मी विकास बैंकको ऋणपत्र पूर्ण रूपमा बिक्री
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत चैत्र २९ गतेदेखि निष्कासन खुल्ला गरेको “११% महालक्ष्मी डिवेन्चर–२०८९” तोकिएको समय भित्रै पूर्ण रूपमा बिक्री भएको छ । बैंकले दश वर्ष अवधि तथा वार्षिक ब्याजदर एघार प्रतिशत भएको ऋणपत्र जारी गरेको थियो ।
जसअनुसार एक हजार रुपैयाँ अंकित मूल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम रु. एक अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये साठी प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारणका लागि निष्कासन गरिएकामा सबै विक्री भएको हो ।
ऋणपत्र खरिदका लागि छिटोमा वैशाख ४ गते र ढिलोमा वैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात वैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एन आई सी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण