निजी क्षेत्रले गर्यो भारततर्फ २०० मेगावाट बिजुली बेच्ने सम्झौता
काठमाडौँ । नेपाल र भारतका निजी क्षेत्रबाट प्रवर्द्धित कम्पनीले विद्युत् व्यापारको सम्झौता गरेका छन् । हिजोदेखि काठमाडौँमा सुरु भएको ‘पावर समिट’ मा नेपाल र भारतका निजी क्षेत्रले २०० मेगावाटसम्म बिजुली बेच्न सम्झौता गरेका हुन् । नेपालका निजी क्षेत्रले बिजुलीको वैदेशिक व्यापार गर्ने लक्ष्यसहित स्थापना गरेको नेपाल पावर एक्सचेन्ज (नेपेक्स) ले भारतको निजी क्षेत्रसँग बिजुली व्यापारको सम्झौता गरेको छ । नेपेक्सले भारतको स्टिलमिन्टसँग २०० मेगावाट बिजुली बेच्न ‘पावर ट्रेड एग्रिमेन्ट’ गरेको हो ।
कम्पनीका निर्देशक उत्तम ब्लोनले पावर समिटका क्रममा २०० मेगावाट बिजुली व्यापारको सम्झौता गरेको बताए । उनले नेपाल सरकारले निजी क्षेत्रलाई बिजुली व्यापारको लाइसेन्स नदिए पनि आगामी दिनमा दिन्छ भन्नेमा आशावादी रहेको समेत बताए । ‘यसअघि पनि हामीले भारतीय कम्पनीसँग बिजुली व्यापारको सम्झौता गरेर न्यूनतम मूल्य समेत तय गरेका थियौँ,’ ब्लोनले भने, ‘तर, सरकारले लाइसेन्स नै दिएन ।’ यसपटक पनि भावी दिनमा बिजुली व्यापारको अनुमति पाइने लक्ष्यसहित सम्झौता गरेको र यो सम्झौताले नेपाल–भारत बिजुली व्यापारमा आइपर्ने समस्या खुल्दै जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण