राष्ट्रिय प्रणालीमा जोडियो ६.८ मेगावाट सौर्य ऊर्जा
काठमाडौँ । कोशी प्रदेशमा पहिलो पटक निज क्षेत्रको लगानीमा उत्पादित ६.८ मेगावाट सौर्य विद्युत् यहिमिति २०७९ चैत्र १४ गतेदेखि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
औद्योगिक कोरिडोर समेत रहेको बुढिगंगा गाउँपालिका, मोरङमा जीआई सोलारद्वारा निर्माण गरिएको यस आयोजनाबाट उत्पादन हुने विद्युत् १५ दिनको परीक्षण उत्पादन पछि यही २०७९ चैत्र ३० गतेदेखि व्यापारिक उत्पादनमा परिणत भइसकेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् करिब ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको बाँसवारी, विराटनगर मल्टीफ्युल सवस्टेशनमा जोडिएको छ । सबस्टेशन सम्मको आवश्यक ३३ केभी प्रसारण लाइन स्थानीय जनसमुदायको सुरक्षालाई ध्यानमा राखी डबल सर्किट अन्डरग्राउण्ड गरी कम्पनी आफैले निर्माण गरेको हो ।
कृषिलाई असर नपर्ने गरी आधुनिक प्रविधिबाट निर्माण भएको यस आयोजनाले मनमोहन टेक्नीकल युनिर्भसिटी, धरान प्राविधिक कलेज आदिमा अध्ययनरत विद्यार्थीहरुको लागि अध्ययन केन्द्र तथा प्रयोगशाला समेत हुनेछ । कृषि सम्बन्धमा उत्पादनको लागि अध्ययन भइरहेको र नेपालमा कृषि क्षेत्रमा कार्यरत सरकारी, गैर सरकारी क्षेत्रहरुलाई समेत समावेश गरी प्रविधिको नयाँ मोडलमा ‘राष्ट्रिय गौरवको आयोजनाका’ रुपमा यस आयोजनालाई अगाडि बढाउने कुरा उक्त आयोजनाका कार्यकारी निर्देशक गणेशबहादुर ढुंगानाले जानकारी गराएका छन् ।
कोभिडको महामारीबिच काम सुरु गरी नेपाल विद्युत् प्राधिकरणसँग पीपीए भएको समयावधि भित्रै करिब ११ महिनामा आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाबाट वार्षिक १६ करोड युनिट विद्युत् उत्पादन हुने र प्रति युनिट ७.३० रुपैयाँमा सम्झौता भएको छ ।
अमेरिका निवासी गालब बहादुर ढुंगाना एवं परिवारको एकल स्वामित्वमा रहेको यस आयोजनाको लागि एनएमबी बैंकको ८० प्रतिशत लगानी रहेको छ भने आयोजना निर्माणमा ७० करोड खर्च भएको छ । आगामी दिनमा पनि सौर्य विद्युत् आयोजना लगायत विद्युतसँग सम्बद्ध अन्य आयोजना पनि सञ्चालन गर्नेबारे अध्ययन भइरहेको गणेश ढुंगानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण