विप्लवले १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने
बिहीबार, ०७ वैशाख २०८०, १६ : २५
काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने भएका छन् ।
तत्कालीन नेकपा स्थापना भएको ७५ औं वर्षगाँठको उपलक्ष्यमा वैशाख ९ गते उनले आमसभा गर्ने भएका हुन् ।
नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै देशका १० कम्युनिस्ट पार्टीका नेताहरुलाई बोलाएर काठमाडौँको खुलामञ्चमा कार्यक्रम गर्न लागिएको बताए ।
वैशाख ९ गते काठमाडौँको सुन्धाराबाट सुरु भएको जुलुस खुलामञ्चमा पुगेर आमसभामा परिणीत हुने भएको छ । त्यस सभालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित १० पार्टीका शीर्ष नेताहरुलाई सम्बोधन गर्न निमन्त्रणा गरिएको छ ।
राजनीतिक अस्थिरताले दुश्चक्रमा फसेको, आर्थिक संकट चुलिएकाले देशभक्त वामपन्थी पार्टी र नेताहरुबीच गम्भीर छलफल हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण