आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विप्लवले १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने

बिहीबार, ०७ वैशाख २०८०, १६ : २५
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने भएका छन् । 

तत्कालीन नेकपा स्थापना भएको ७५ औं वर्षगाँठको उपलक्ष्यमा वैशाख ९ गते उनले आमसभा गर्ने भएका हुन् ।  

नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै देशका १० कम्युनिस्ट पार्टीका नेताहरुलाई बोलाएर काठमाडौँको खुलामञ्चमा कार्यक्रम गर्न लागिएको बताए । 

वैशाख ९ गते काठमाडौँको सुन्धाराबाट सुरु भएको जुलुस खुलामञ्चमा पुगेर आमसभामा परिणीत हुने भएको छ । त्यस सभालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित १० पार्टीका शीर्ष नेताहरुलाई सम्बोधन गर्न निमन्त्रणा गरिएको छ । 

राजनीतिक अस्थिरताले दुश्चक्रमा फसेको, आर्थिक संकट चुलिएकाले देशभक्त वामपन्थी पार्टी र नेताहरुबीच गम्भीर छलफल हुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप