सीसीटीभी जडान र सञ्चालनका लागि काठमाडौं महानगरले दियो प्रहरीलाई ६ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले सीसीटीभी जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफ्नो चुनावी बाचा अनुसार चोक चोकमा (सीसीटीभी) जडानको सुरुवाता भएको बताए ।
शुक्रबार विहान सामाजिक सञ्जालमा मेयर शाहले भने, 'चुनाब पहिले मैले भनेको थिए चोक चोकमा (सीसीटीभी) हाल्नेछु , यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ ।'
सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको उनले बताए ।
'सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको हौं । यो सुरुवात मात्र हो । हामी भविष्यमा अझै धेरै सहकार्य गर्नेछौँ,' मेयर शाहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूले भने– नागरिकता विधेयकले विभेदको अन्त्य गर्नुपर्छ
-
अनेरास्ववियुको नेतृत्वमा सहमति जुटाउने जिम्मा ७ नेतालाई, कसको सम्भावना बढी ?
-
१० महिनामा २१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार
-
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
-
बस्ती विकासका नाममा ३ हजारभन्दा बढी टुक्रे योजना, तीन नेताका जिल्लामा खातैखात
-
रेशमपछि उच्च अदालत पाटनमा महिमानसिंह विष्टको पनि निवेदन, आज सुनुवाइ