अगम बिकरालको ‘जोडी चिण्डो’मा एलिसा र एलिस (भिडियो)
काठमाडौँ । गीतकार अगम बिकरालको नयाँ गीत ‘जोडी चिण्डो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । साकेला भाकाको यो गीतमा युवकले नवपरिचित युवतीलाई आफ्नो रीतिथिति र संस्कृतिबारे वर्णन गरेका छन् ।
आफ्नो संस्कारअनुसार घर भित्र्याउने बाचा गर्दै युवकले जोडी चिण्डो लिएर माग्न आउने प्रस्ताव गरेका छन् । राई समुदायमा जोडी चिण्डो र तीन चुल्हाको सांस्कृतिक महत्त्व रहन्छ ।
अशोक थुलुङको स्वर र फणिन्द्र राईको एरेञ्ज रहेको यो गीतलाई दिनेश वान्तवाले कम्पोज गरेका हुन् । म्युजिक भिडियोमा एलिस राई र एलिसा राईको अभिनय छ । सुबोल थापाले कोरियाग्राफी गरेको यो भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । निर्देशन किरण चाम्लिङ राईको रहेको छ ।
गीतकार विकरालको यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । गत वैशाखमा मात्र उनको गीत ‘एकान्तमा’को भिडियो सार्वजनिक गरेका थिए । एक दर्जन बढी गीत रेकर्ड गराइसकेका गीतकार बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत सुगम सङ्गीतका पारखीमाझ लोकप्रिय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण