एयर इन्डियाका पाइलटमाथि महिला साथीलाई ककपिटमा बसाएको आरोप, अनुसन्धान जारी

एयर इन्डियाका एक पाइलटमाथि आफ्नी महिला साथीलाई विमानको ककपिटमा बसालेको आरोप लागेको छ । यस सम्बन्धमा, भारतको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले यी आरोपहरूको छानबिन गरिरहेको जनाएको छ।
समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै यो कुरा २७ फेब्रुअरीको भएको जनाएको छ । रिपोर्टका अनुसार दुबईबाट दिल्लीको उडानका क्रममा एयर इन्डियाको फ्लाइट कमान्डरले कथित रूपमा आफ्नी महिला साथीलाई इकोनोमी क्लासबाट बोलाएर ककपिटमा बसाएका थिए ।
यो मुद्दा त्यति बेला चर्चामा आयो जब पाइलट, सह–पाइलट, क्याबिन क्रू सदस्य र ती महिला शुक्रवार सुनुवाइको लागि डिजिसिएमा उपस्थित भए ।
यसअघि ३ मार्चमा क्याबिन चालक दलका सदस्यले एयर इन्डियाका सिइओ र उडान सुरक्षालाई पहिलो पटक लिखित उजुरी गरेका थिए । त्यसपछि यो मुद्दा डिजिसिएमा पठाइयो ।
क्याबिन क्रुकी सदस्यले फ्लाइट कमान्डरलाई यस्तो नगर्न भन्दा उनले क्याबिन क्रु सदस्यमाथि हमला गर्न खोजेको दाबी गरिएको छ ।
क्याबिन क्रू सदस्यले पाइलटको आक्रामक व्यवहारबाट आफू छक्क परेको दाबी गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ