एयर इन्डियाका पाइलटमाथि महिला साथीलाई ककपिटमा बसाएको आरोप, अनुसन्धान जारी
एयर इन्डियाका एक पाइलटमाथि आफ्नी महिला साथीलाई विमानको ककपिटमा बसालेको आरोप लागेको छ । यस सम्बन्धमा, भारतको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले यी आरोपहरूको छानबिन गरिरहेको जनाएको छ।
समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै यो कुरा २७ फेब्रुअरीको भएको जनाएको छ । रिपोर्टका अनुसार दुबईबाट दिल्लीको उडानका क्रममा एयर इन्डियाको फ्लाइट कमान्डरले कथित रूपमा आफ्नी महिला साथीलाई इकोनोमी क्लासबाट बोलाएर ककपिटमा बसाएका थिए ।
यो मुद्दा त्यति बेला चर्चामा आयो जब पाइलट, सह–पाइलट, क्याबिन क्रू सदस्य र ती महिला शुक्रवार सुनुवाइको लागि डिजिसिएमा उपस्थित भए ।
यसअघि ३ मार्चमा क्याबिन चालक दलका सदस्यले एयर इन्डियाका सिइओ र उडान सुरक्षालाई पहिलो पटक लिखित उजुरी गरेका थिए । त्यसपछि यो मुद्दा डिजिसिएमा पठाइयो ।
क्याबिन क्रुकी सदस्यले फ्लाइट कमान्डरलाई यस्तो नगर्न भन्दा उनले क्याबिन क्रु सदस्यमाथि हमला गर्न खोजेको दाबी गरिएको छ ।
क्याबिन क्रू सदस्यले पाइलटको आक्रामक व्यवहारबाट आफू छक्क परेको दाबी गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानकाे फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निष्कासन कार्य सुरु
-
पूर्व विद्यार्थी समाजद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा स्वागत
-
इप्पानको महासचिव पदका उम्मेदवार आचार्यः व्यावसायिक दक्षता र नेतृत्वको सम्भावना
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
पार्टी सञ्चालन शैलीप्रति झलनाथ असन्तुष्ट, प्रचण्डलाई बुझाए ध्यानाकर्षण पत्र
-
सुकुमबासी राखिएको हाेल्डिङ्ग सेन्टर पुगे गृहमन्त्री, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण