हेल्लो खाडी
चारैतिरवाट समस्याले घेरेपछि
मनभरिका सपना पूरा गर्ने
रहर रहरमै सीमित हुँदो रहेछ
छोराछोरीको पढाई,
वुवा आमाको औषधि
श्रीमतीको तमाम सपना
यहाँ बसेर पूरा गर्न गाह्रो हुँदैछ ।
कैले बन्द हड्तालले सतायो
कैले कोरोनाले सतायो
अहिले आर्थिक मन्दीले सताउँदैछ
साथीभाइ इष्टमित्र सबै
धन हुँदा नजिक हुँदा रहेछन्
त्यसैले,
सानो सपना पूरा गर्न
हेल्लो खाडी म आउँदैछु ।
भन्नेले त खाडी भन्दै
नाक खुम्चाउँदा रहेछन्
तर मेरो सपना
मेरो सुन्दर भविष्य
मेरो परिवारको खुशी
आफन्तको निकटता
साथीभाइको सामिप्यता
छोरीको स्कुलको फि
आमाको औषधि
बा को जिम्मेवारीबाट
मुक्त हुने सपना
श्रीमतीको खुशी
मैले तिमीमा नै देखेको छु ।
यहाँ गर्नुपर्ने सबथोक गरिसके
धाउनुपर्ने सबै ठाउँ धाइसके
हात फैलाउनु पर्ने
सबै ठाउँ फैलाइसके
तर,
समयले सबैलाई चिन्ने मौका दियो
को आफ्नो को पराइ छुट्ट्याइ दियो ।
भन्छन् सोझो रुख
जङ्गलमा पहिले काटिन्छ
सायद सोझो हुनुको परिणाम होला
आवश्यकतामा मात्र
प्रयोग गर्दा रहेछन्
त्यसैले,
सानो खुशी पूरा गर्न
हेल्लो खाडी
मनभरी सपना बुनेर आउँदैछु ।
सपना बुनेर आउँदैछु ।।
देवदह–८, रुपन्देही
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण