यो साता प्रतितोला २०० ले बढ्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ३ गतेदेखि कारोबारमा आएको सुनको मूल्य ८ गतेसम्म आइपुग्दा जम्मा २०० ले बढेको हो । नेपाली नयाँ वर्षका कारण साताको पहिलो दिन सुनको कारोबार भएको थिएन र उक्त दिन शुक्रबार थियो । २ गते शनिबार भएकाले यो साता ६ दिन मात्रै सुनको मूल्यसूची कायम गरिएको महासंघले जनाएको छ ।
साताको पहिलो कारोबार दिन छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ थियो । जुन, साताको अन्तिम दिनसम्ममा आइपुग्दा तोलामा १ लाख १० हजार २०० पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ । यसैगरी, यो साता चाँदीको मूल्य समेत घटेको छ । आइतबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा ५ रुपैयाँ प्रतितोला घटेर १४ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण