यो साता प्रतितोला २०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ३ गतेदेखि कारोबारमा आएको सुनको मूल्य ८ गतेसम्म आइपुग्दा जम्मा २०० ले बढेको हो । नेपाली नयाँ वर्षका कारण साताको पहिलो दिन सुनको कारोबार भएको थिएन र उक्त दिन शुक्रबार थियो । २ गते शनिबार भएकाले यो साता ६ दिन मात्रै सुनको मूल्यसूची कायम गरिएको महासंघले जनाएको छ ।
साताको पहिलो कारोबार दिन छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ थियो । जुन, साताको अन्तिम दिनसम्ममा आइपुग्दा तोलामा १ लाख १० हजार २०० पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ । यसैगरी, यो साता चाँदीको मूल्य समेत घटेको छ । आइतबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा ५ रुपैयाँ प्रतितोला घटेर १४ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी