गण्डकी प्रदेश
विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले भने– जनताले हामीलाई चिनेका छन्, गल्ती गरे दण्डित गर्छन्
शनिबार, ०९ वैशाख २०८०, १६ : ३६
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा एमाले फल दिइरहने वृक्ष भएको बताएका छन् । शनिवार प्रदेश सभामा विश्वासको मत माग्दै अधिकारीले फल दिइरहने वृक्ष भएकाले एमालेले शीतलता पनि दिइरहने बताएका हुन् ।
उनले नेकपा एमालेलाई जनताले चिनेको र गल्ती गरे जनताले नै दण्डित गर्ने पनि बताए । ‘हाम्रो पार्टी नेकपा एमाले र सम्बद्ध हामी फल दिइरहने वृक्ष हौ, शीतलता पनि दिएका छौ, दिइरहने छौ । जनताले हामीलाई चिनेका छन् र गल्ती गरे दण्डित गर्छन्’, अधिकारीको भनाइ छ । उनले सङ्घीयताको मर्मअनुसार नेपालको संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र सम्मृद्धितर्फ प्रयत्नरत आफू नेतृत्वको सरकालाई विश्वासको मत दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण