सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले भने– जनताले हामीलाई चिनेका छन्, गल्ती गरे दण्डित गर्छन्

शनिबार, ०९ वैशाख २०८०, १६ : ३६
शनिबार, ०९ वैशाख २०८०

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा एमाले फल दिइरहने वृक्ष भएको बताएका छन् ।  शनिवार प्रदेश सभामा विश्वासको मत माग्दै अधिकारीले फल दिइरहने वृक्ष भएकाले एमालेले शीतलता पनि दिइरहने बताएका हुन् । 

उनले नेकपा एमालेलाई जनताले चिनेको र गल्ती गरे जनताले नै दण्डित गर्ने पनि बताए । ‘हाम्रो पार्टी नेकपा एमाले र सम्बद्ध हामी फल दिइरहने वृक्ष हौ, शीतलता पनि दिएका छौ, दिइरहने छौ । जनताले हामीलाई चिनेका छन् र गल्ती गरे दण्डित गर्छन्’, अधिकारीको भनाइ छ । उनले सङ्घीयताको मर्मअनुसार नेपालको संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र सम्मृद्धितर्फ प्रयत्नरत आफू नेतृत्वको सरकालाई विश्वासको मत दिन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप