मेयर कप भलिबलमा आर्मी र न्युडायमण्ड विजयी
ललितपुर । मेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा आर्मी र न्युडायमण्डले विजयी सुरुआत गरेका छन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शनिवार सुरु प्रतियोगितामा आर्मीले सुर्यबिनायक यूथ क्लब र न्युडायमण्डले परोपकार गर्ल्स होस्टेललाई पराजित गरेको हो । आर्मीले सुर्यबिनायकमाथि २५–११, २५–७ र २५–१५ को सेटमा जित निकाल्यो । न्युडायमण्डले समेत परोपकारलाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा हरायो ।
महिलातर्फ दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले कोटेश्वर बहुमुखी क्याम्पसलाई २५–१, २५–५ र २५–४ को सोझो सेटमा हरायो भने पुरुषतर्फको दोस्रो खेलमा एपीएफले नेपाल गणतान्त्रिक खेलकुदलाई २५–१, २५–१३ र २५–१८ को सेटमा पाखा लगायो ।
ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापन रहेको प्रतियोगितामा ८ पुरुष र ७ महिला गरी १५ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले समान दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । शनिवार सुरु भएको प्रतियोगिताको उद्घाटन ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण