सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मेयर कप भलिबलमा आर्मी र न्युडायमण्ड विजयी

शनिबार, ०९ वैशाख २०८०, १८ : २२
शनिबार, ०९ वैशाख २०८०

ललितपुर । मेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा आर्मी र न्युडायमण्डले विजयी सुरुआत गरेका छन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शनिवार सुरु प्रतियोगितामा आर्मीले सुर्यबिनायक यूथ क्लब र न्युडायमण्डले परोपकार गर्ल्स होस्टेललाई पराजित गरेको हो । आर्मीले सुर्यबिनायकमाथि २५–११, २५–७ र २५–१५ को सेटमा जित निकाल्यो । न्युडायमण्डले समेत परोपकारलाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा हरायो । 

महिलातर्फ दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले कोटेश्वर बहुमुखी क्याम्पसलाई २५–१, २५–५ र २५–४ को सोझो सेटमा हरायो भने पुरुषतर्फको दोस्रो खेलमा एपीएफले नेपाल गणतान्त्रिक खेलकुदलाई २५–१, २५–१३ र २५–१८ को सेटमा पाखा लगायो । 

ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापन रहेको प्रतियोगितामा ८ पुरुष र ७ महिला गरी १५ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले समान दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । शनिवार सुरु भएको प्रतियोगिताको उद्घाटन ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप