स्टार्ट अप कर्जाका लागि ८४ परियोजनाको प्रस्ताव
स्टार्ट अप व्यवसाय कर्जाका लागि हालसम्म उद्योग विभागमा ८४ ओटा परियोजनाको प्रस्ताव आएको छ । स्टार्ट अप उद्यम कर्जाका लागि विभागले परियोजना प्रस्ताव माग गरेको १८ दिनमा कर्जाका लागि त्यति प्रस्ताव दर्ता भएको हो ।
उद्योग विभागले चैत १६ गते स्टार्ट अप उद्यमको कर्जाका लागि परियोजना पेश गर्न २१ दिने सूचना जारी गरेको थियो । वैशाख ६ गते बुधवार यसको म्याद सकिँदै छ । यस्तो उद्यम गर्न चाहनेका लागि सघाउन स्टार्ट अप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७९ ल्याइएको थियो ।
त्यसअनुसार अहिले कर्जा उपलब्ध गराउन परियोजना प्रस्ताव गर्न माग गरिएको छ । कार्यविधिअनुसार यस्तो कर्जा विभिन्न १४ ओटा क्षेत्रमा स्टार्ट अप उद्यम गर्नका लागि पाइनेछ ।
कार्यविधिमा तोकिएका दर्जनभन्दा बढी क्षेत्रमध्ये दुईओटामा बढी परियोजना प्रस्ताव गरिएको छ । सबैभन्दा धेरै परियोजना प्रस्ताव कृषि तथा पशुपक्षीमा आधारित र सफ्टवेयरसँग सम्बद्ध रहेको विभागले जानकारी दिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण