सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

विप्लव भन्छन्– ‘चन्दा माग्नु विद्यार्थीको बाध्यता हो’

आइतबार, १० वैशाख २०८०, १७ : ३२
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चन्दा माग्नु विद्यार्थीहरूको बाध्यता भएको बताएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले पार्टी सञ्चालनका लागि चन्दा माग्नु विद्यार्थीहरूको बाध्यता रहेको बताएका हुन् । ‘विगतको जस्तो छैन् । पहिला त हिडेर पनि जाने अवस्था थियो । अहिले त त्यस्तो छैन । काठमाडौँ आउन÷जान नै २० हजार खर्च लाग्छ,’ महासचिव विप्लवले भने, ‘बाध्यता भएर पनि हाम्रा विद्यार्थीहरू चन्दा मागिरहेका छन् । चन्दा माग्नु हाम्रा विद्यार्थीको बाध्यता हो ।’

अब विगतको जसरी नभई सहकार्य गरेर अघि बढ्न खोजिरहेको उनको भनाई छ । हाम्रो दृष्टिकोण चन्दा माग्नु, थर्काउनु, बल प्रयोग गर्नु गलत हो । ‘अहिले हामीले उद्योग व्यवसायी साथीहरूसँग आग्रह गरेका छौं,’ उनले भने, ‘बल होइन्, सहकार्य गर्ने हो । हाम्रो नीति भनेको चन्दा मागेर खाने नीति होइन्, सहकार्य गरेर अघि बढ्ने नीति हो ।’ अहिले नीजि विद्यालयहरूको विरोध गरेर समस्याको समाधान नहुने उनको भनाइ छ । ‘अहिले पञ्चायतकालमा नीजिकरणको विरोध गरेका थिए, उसैल अहिले आएर बोर्डिङ खोलेर बसेका छन्,’ उनले भने, ‘यो नीजि स्कूल खोल्नु भनेको उनीहरूको समस्या होइन्, राज्यको कमजोरी हो । राज्यले आजै बन्द गरिदिओस् न पुरै समस्या समाधान हुन्छ ।’

चन्दा मागेर खाने पार्टीलाई अहिले जीवनपयोगी पार्टीको रूपमा परिवर्तन गर्न खोजिरहेको उनको भनाई छ । ‘पञ्चायतकालमा लड्दाको जस्तो आदर्श त अहिले छ भनेर म दावी गर्दिन् । तर, अन्य पार्टीका विद्यार्थी संगठनको जस्तो भ्रष्टिकरण भने छैन । अहिले कुनै पनि हाम्रा विद्यार्थी नेताले काठमाडौंमा घर बनाएका भन्ने छैनन् । अन्य दलका नेताहरूका काठमाडौं घर ठडिहाल्छन् ।’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप