सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्थापना दिवसको अवसरमा विविध विधामा दिइने २०७९ सालको पुरस्कार घोषणा गरेको छ ।
हरेक वर्ष सङ्गीत, नाटक तथा नृत्य विधामा महत्त्वपूर्ण योगदान पु¥याउने ६ जना श्रष्टा तथा सर्जकलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरिन्छ ।
यस क्रममा २०७९ को सङ्गीत विधातर्फ सङ्गीतकार गणेश रसिक, लोकसङ्गीत विधातर्फ लोकगायक नवीन किशोर राइर्, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ सङ्गीत साधक विजयकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरिने भएको छ ।
त्यस्तै, नाटक विधातर्फ प्राडा रामचन्द्र पोखरेल, रङ्गमञ्च विधातर्फ निर्देशक भैरव क्षेत्री तथा नृत्य विधातर्फ लोक नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने भएको छ ।
घोषित पुरस्कार यसै आर्थिक वर्षभित्र राष्ट्रपतिको हातबाट प्रदान गरिने जानकारी गराइयो ।
यसै गरी विविध सांस्कृतिक प्रस्तुतिसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १३ औँ वार्षिकोत्सव मनाएको छ ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलेसंस्कृतिको क्षेत्रमा ठूलो अभियान चलाउनु पर्छ भनेर नीति तथा कार्यक्रममा नयाँ कुराहरु ल्याउन लागेको बताए ।
कार्यक्रममा कुलपति निशा शर्मालेसरकारले आफूलगायत प्राज्ञ परिषद् र प्राज्ञ सभामाथि गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण