मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
मान्छे खाने बाघ कञ्चनपुरबाट सदर चिडियाखानामा ल्याइयो, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

मान्छे खाने बाघ कञ्चनपुरबाट सदर चिडियाखानामा ल्याइयो, तस्बिरमा हेर्नुहोस्

आइतबार, १० वैशाख २०८०

काठमाडौँ । कञ्चनपुरमा एक महिलाको ज्यान लिने नरभक्षी बाघलाई आइतबार सदर चिडियाखाना जावलाखेल ललितपुरमा ल्याइएको छ । 

आइतबार साँझ ५ः३० बजे उक्त नरभक्षी बाघ सदर चिडियाखानामा ल्याइएको हो । सो बाघलाई हाल बाघ खोरको होल्डिङ कोठामा राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएर ल्याइएको पोथी बाघ अन्दाजी ५ वर्ष उमेरको रहेको छ । 

वैशाख ८ गत कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पचई गाउँ क्षेत्रमा पर्ने खष्टी नालामा बिहान करिब १० बजेतिर बाघले स्थानीय गंगा देवी चन्दलाई बाघले आक्रमण गरेको थियो । समूहमा घाँस काट्न जाँदा बाघले उनलाई लिएर गएको थियो ।  घटनाको खबरलगत्तै महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफांटा संरक्षण कार्यालय लगायतका निकायहरु क्रियाशील भएका थिए।

टोलीले भोलिपल्टमात्रै  डार्ट गरी बाघलाई नियन्त्रणमा लिन सफल भएको थियो भने  महिलाको शव फेला परेको थियो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णयअनुरूप सो बाघलाई चिडियाखाना पठाइएको हो । घटना घटेको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा समेत विगत एक महिनाको अवधिमा थप २ जनाको बाघका कारण ज्यान गएको पाइएको कोषले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया