राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
काठमाडौं । महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु बुद्धिमानी नहुने उल्लेख गरेका छन्।
हमालले कुनै पनि राष्ट्रको भविष्य संयोगका भरमा नभई स्पष्ट दृष्टिकोण, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमार्फत निर्माण हुने बताएका छन्।
उनका अनुसार भविष्यप्रतिको स्पष्ट योजना र आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमानबिना केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहँदा मुलुकको विकास प्रभावित हुन सक्छ।
उनले तीव्र गतिमा परिवर्तन भइरहेको वर्तमान विश्वमा दीर्घकालीन सोच र योजनाबिना अघि बढ्ने देश प्रगतितर्फ होइन, बरु ठप्प अवस्थातर्फ उन्मुख हुन सक्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण