स्वर्णिम वाग्लेको अग्रता कायमै, सर्वेन्द्र खनाल तेस्रो स्थानमा
तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ३४२२ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १५९७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १०९० मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।
जसमा नेकपा समाजवादीका उम्मेदवार गणेश श्रेष्ठले हालसम्मको मतगणनाअनुसार जम्मा १ मत पाएका छन् । यस्तै नेमकिपाका रामप्रसाद पराजुलीले २ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले १३ मत पाएका छन् ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका प्रेम बहादुर थापाले १३ मत पाउँदा राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले पनि १३ मत पाएका छन् । यसैगरी राप्रपाका शोभा गुरुङले २३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण