न्युडायमण्ड र एपीएफ सेमिफाइनलमा
ललितपुर । ललितपुरमा जारी “मेयर कप–२०८०” खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र न्युडायमण्ड सेमिफाइनल प्रवेश गरेका छन् । सोमबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा न्युडायमण्डले ललितपुर महानगरपालिका र एपीएफले परोपकार गल्स होस्टेललाई ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन् ।
न्युडायमण्डले ललितपुर महानगरलाई २५–१, २५–१२ र २५–८ को सेटमा पराजित गर्यो भने एपीएफले परोपकारलाई २५–६, २५–४ र २५–३ को सेटमा पाखा लगायो ।
पुरुषतर्फको खेलमा पुलिसले पाटन बहुमुखी क्याम्पस र आर्मीले बोगटी समाज ललितपुरलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पाटन बहुमुखीमाथि २५–१३, २५–१० र २५–१४ को स्कोरमा र आर्मीले बोगटी समाजलाई २५–८, २५–१४ र २५–९ को स्कोरमा हरायो ।
ललितपुर महानगरपालिकाद्धारा आयोजित प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण