नरैनापुरका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग
काठमाडौँ । प्रतिनिधिसभाका सांसद सुर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो गाउँपालिकामा आगलागिबाट १२ घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुँडा र चौपाया जलेर नष्ट हुँदा करिव २५ लाख भन्दा बढिको क्षति भएको उल्लेख गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
सांसद ढकालले भने, ‘यही बैशाख ८ गते बाँके क्षेत्र नम्बर १ नरैनापुर गाउँपालिकामा १२ वटा घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुडा र पशुचौपाया जलेर पूर्ण रुपमा नष्ट भएको छ । २५ लाख भन्दा बढीको क्षति भएको छ । छिटोभन्दा छिटो यी अग्नि पीडितहरुलाई राहत उपलब्ध गराउन सभामुखमार्फत नेपाल सरकारसँग माग गर्दछु ।’
गत वैशाख ८ गते सो गाउँपालिकामा आगलागी भएको थियो । अहिलेसम्म पनि राहत नपाएपछि पीडितहरु खुला आकाशमा बस्न बाध्य भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण