नरैनापुरका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसद सुर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो गाउँपालिकामा आगलागिबाट १२ घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुँडा र चौपाया जलेर नष्ट हुँदा करिव २५ लाख भन्दा बढिको क्षति भएको उल्लेख गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
सांसद ढकालले भने, ‘यही बैशाख ८ गते बाँके क्षेत्र नम्बर १ नरैनापुर गाउँपालिकामा १२ वटा घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुडा र पशुचौपाया जलेर पूर्ण रुपमा नष्ट भएको छ । २५ लाख भन्दा बढीको क्षति भएको छ । छिटोभन्दा छिटो यी अग्नि पीडितहरुलाई राहत उपलब्ध गराउन सभामुखमार्फत नेपाल सरकारसँग माग गर्दछु ।’
गत वैशाख ८ गते सो गाउँपालिकामा आगलागी भएको थियो । अहिलेसम्म पनि राहत नपाएपछि पीडितहरु खुला आकाशमा बस्न बाध्य भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय