धुलिखेलमा पुग्यो एकीकृत खानेपानी
धुलिखेल । एकीकृत खानेपानी योजनाअन्तर्गत पनौतीको देवीथानबाट पानी बनेपा नगरपालिकाको ट्याङ्कमा खसालिएको छ ।
ट्याङ्कमा खसालिएसँगै बनेपावासीको खाने पानी समस्या समाधान नजिक पुगेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताएका छन् ।
नेपाल खानेपानी संस्थानबाट पानी वितरण गर्दै आएको भएपनि बनेपामा पानीको अभाव कायमै रहेकाले सहजताका लागि नेपाल खानेपानी संस्थानको ट्याङ्कमा खसालिएको नगरप्रमुख शाक्यले बताए । उनका अनुसार करिब नौ वर्षदेखि निर्माण सुरु गरिएको खानपानी आयोजनाअन्तर्गत निकालिएको पानी हाल बनेपाको आजाद डाडामा रहेको खाने पानी ट्याङ्कमा खसालिएको हो ।
एकीकृत खानेपानी नेपाल खाने पानी संस्थानको ट्याङ्कमा खसेसँगै पर्याप्त खानेपानी आपूर्ति गर्न सकिने खानेपानी संस्थानले जनाएको छ । एकीकृत खानेपानी बनेपाको मुख्य बजार क्षेत्र केन्द्रित भई वडा नं ५, ६, ७, ८ र ९ मा वितरण गर्ने योजना रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण