शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

धुलिखेलमा पुग्यो एकीकृत खानेपानी

मङ्गलबार, १२ वैशाख २०८०, २२ : ३५
मङ्गलबार, १२ वैशाख २०८०

धुलिखेल । एकीकृत खानेपानी योजनाअन्तर्गत पनौतीको देवीथानबाट पानी बनेपा नगरपालिकाको ट्याङ्कमा खसालिएको छ । 

ट्याङ्कमा खसालिएसँगै बनेपावासीको खाने पानी समस्या समाधान नजिक पुगेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताएका छन् ।  

नेपाल खानेपानी संस्थानबाट पानी वितरण गर्दै आएको भएपनि बनेपामा पानीको अभाव कायमै रहेकाले सहजताका लागि नेपाल खानेपानी संस्थानको ट्याङ्कमा खसालिएको नगरप्रमुख शाक्यले बताए । उनका अनुसार करिब नौ वर्षदेखि निर्माण सुरु गरिएको खानपानी आयोजनाअन्तर्गत निकालिएको पानी हाल बनेपाको आजाद डाडामा रहेको खाने पानी ट्याङ्कमा खसालिएको हो । 

एकीकृत खानेपानी नेपाल खाने पानी संस्थानको ट्याङ्कमा खसेसँगै पर्याप्त खानेपानी आपूर्ति गर्न सकिने खानेपानी संस्थानले जनाएको छ । एकीकृत खानेपानी बनेपाको मुख्य बजार क्षेत्र केन्द्रित भई वडा नं ५, ६, ७, ८ र ९ मा वितरण गर्ने योजना रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप