बारा-२ मा उपेन्द्र यादव पाँच हजारभन्दा बढी मतान्तरले विजयी
बारा । बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् । यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् । पाँचौँ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राती १.४५ बजे प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री सरोज यादव, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालगायत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण