‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका विद्यार्थीहरुको विरुद्धमा छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश शैक्षिक परामर्श शाखाले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको विरुद्धमा रहेको बताएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मलेन आायेजना गरी उपत्यका विशेष प्रदेश शैक्षिक परामर्श शाखाले बिरोध जनाएको हो । साथै शाखाले आफ्नो दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ परिमार्जन गरेकोमा खुशी प्रकट गरेको छ । साथै परिमार्जित निर्देशिकामा समेत केही बुँदाहरु अस्पष्ट रहेकोप्रति भने असन्तुष्टि व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै शाखाका सचिव भवनाथ हुमागाईंले विदेशमा अध्ययन गर्न जाने प्रचलन सामान्य रहेको र आफ्नै लगानीमा गुणस्तरीय शिक्षा प्राप्त गर्न कुनैपनि नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गरे । उनले निर्देशिकामा आएको यो परिबन्धनले आर्थिक रुपमा सम्पन्न विद्यार्थीहरुलाई पृष्ठपोषण गर्ने तथा गरिव निमुखा विद्यार्थीलाई अधिकारबाट वञ्चित गरेको उल्लेख गरे ।
सचिव हुमागाईंले ठूला व्यवसायीहरुलाई फाइदा र साना तथा मझौला व्यवसायीहरुलाई पलायन गराइ व्यवसायिक सिन्डिकेट गर्ने उद्देश्यले धरौटी लगायत विषयवस्तुहरु समेटी शिक्षा मन्त्रालयले भाषा शिक्षण तथा परामर्श सेवा सम्बन्धी नियमावलीमा सीमान्तकृत व्यवसायीको हीतमा हुनेगरी काम गर्न लागेको धरौटीको व्यवस्थाको पूर्ण रुपमा बिरोध गर्दै खारेजीको माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण