सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय गलत छ : अध्यक्ष नेपाल
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई दुई–दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन् ।
जनकपुरधाममा शुक्रबार समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुक आर्थिक सङ्कटसँग गुज्रिरहेको बेला प्रचण्ड नेतृत्वको सरकारले गरेको यो निर्णय गलत रहेको बताए ।
उनले आफूलाई धेरै कुरा थाहा नरहेको बताउँदै यो निर्णय पहिलाकै हो कि नयाँ हो भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुपर्ने बताए । त्यस्तै उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासँग मात्र होइन विप्लव समूहसँग समेत छलफल भइरहेको बताउँदै उनले कम्युनिस्ट आन्दोलन बचाउन मोर्चा गरिने बताए ।
उनले अव ७० लागेका नेताहरू आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफू लगायत त्यस्ता सम्पूर्ण नेताहरूलाई पुस्तान्तरणका लागि आह्वान गरेका छन् ।
चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टीहरू समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवश्यक रहेको उनको बुझाई छ ।
त्यस्तै सङ्घ र प्रदेश सरकारमा पनि कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले सबै सरकारमा गठबन्धनमा सहभागी दलहरूले नेतृत्व गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण