बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको सेयर बजार : मार्केट क्यापिटलाइजेशन ६ अर्बले घट्यो

शुक्रबार, १५ वैशाख २०८०, १२ : ०८
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । यो साता पनि सेयर बजारका लागि कठिन नै रह्यो । बैंकको ब्याजदर घटेसँगै सेयर बजारले सकारात्मक बाटो लिने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । बरु, यससाता थप १४.६४ अंकले नेप्से घट्दै १८ सय ८९ दशमलभ ७५ अंकको विन्दुमा झर्न पुग्यो ।  अघिल्लो हप्ताको अन्तिम कारोबार दिन नेप्से सूचक १५.७३ अंकले घट्दै १९ सय ४ दशमलभ ४० अंकको बिन्दुमा अडिएको थियो । 

उसो त यस साता नेप्से सूचक १४ अंकमाथिले घट्दै गर्दा यता मार्केट क्यापिटलाइजेशन (बजार पुँजी) समेत ६ अर्ब माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पाँचै कारोबार दिन खुलेको बजारमा जम्मा ३ अर्ब ९५ करोड १६ लाख ५७ हजार ८३५ रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । जसले यो साता मार्केट क्यापिटलाइजेशन ६ अर्ब ४ करोड १० लाख रुपैयाँ बराबरले घट्न पुगेको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन वैशाख ७ गते २७ खर्ब ४७ अर्ब ४० करोड रुपैयाँ बराबर रहेको सेयर मार्केट क्यापिटलाइजेशन यो साताको बिहीबार अर्थात् बैंशाख १४ गतेसम्ममा ६ अर्ब ४ करोड १० लाख रुपैयाँले घटेर २७ खर्ब ५३ अर्ब ४४ करोड रुपैयाँमा झरेको हो ।  साताको पाँचै दिन खुलेको बजारमा सोमबार र मंगलबार क्रमशः २.७२ अंक र १७.३६ अंकले नेप्से बढेको थियो भने बाँकी तीन दिन आइतबार, बुधबार र बिहीबार क्रमशः १८.७९ अंक, १३.६८ अंक र २.२५ अंकले घटेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप