‘लभ पर्ला जस्तो छ’ भन्दै नाचे प्रियङ्का र नाजिर
शुक्रबार, १५ वैशाख २०८०, १२ : ५१
काठमाडौँ । गायक संगम शेर्मा लिम्बु र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत राजनराज शिवाकोटी, एरेन्ज दिवेश राईको छ ।
छमछम नचाउने शैलीको लोक पप गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की र अभिनेता नाजिर हुसेनले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोमा कार्की र हुसेन प्रेम जोडीको रूपमा देखिएका छन् ।
भिडियो दिनेश माङ्मु लिम्बुले निर्देशन गरेका हुन् । राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सम्पादन र अनिल राना, छायाङ्कन अर्जुन तिवारीको छ । भिडियो नेपाल मिडिया ग्रुपले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण