भारत र चीनसँग सम्बन्ध बढाउने सरकारको प्राथमिकता : परराष्ट्रमन्त्री साउद
शनिबार, १६ वैशाख २०८०, ११ : ३४
काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद सम्हालेपछि पहिलो औपचारिक विदेश भ्रमणमा भारत जाने बताएका छन् । समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई दिएको अन्तर्वार्तामा उनले सरकारले आफ्ना छिमेकी मुलुक भारत र चीनसँग सम्बन्ध बढाउन प्राथमिकता दिने बताएका हुन् ।
साउदले भनेका छन्, ‘सरकारले दुवै देशसँग राम्रो सम्बन्ध कायम राख्नेछ र कुनै पनि छिमेकी देशसँगको सम्बन्धमा हानि पुग्ने कुनै पनि काम गर्नेछैन ।’
उनले आफ्नो स्वार्थका लागि एकअर्काविरुद्ध प्रयोग नगर्ने पनि स्पष्ट पारेका छन् । साउदका अनुसार नेपालले दुवै देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र नेपालको आन्तरिक मामिलामा पनि कसैले हस्तक्षेप नगरोस् भन्ने चाहेको जिकिर गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण