सर्वसाधारणले निःशुल्क दान गरेको रगतको मूल्य लिनु गलत : प्रदेश प्रमुख शेरचन
बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले निःशुल्क रगतलाई पैसा कमाउने माध्यमका रूपमा विकास भएको प्रति चिन्ता व्यक्त गरेका छन् । सर्वसाधारणले निःशुल्क दान गरेको रगतको मूल्य लिनु गलत काम भएको बताउँदै सामुदायिक अस्पतालमा अझै पनि शुल्क लिने काम हुनु लज्जास्पद भएको बताएका हुन् ।
स्वयंसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटनको बुटवलमा उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले जिम्मेवार पदमा हुँदासमेत निःशुल्क रगतलाई बेच्ने काम रोक्न नसकेकोमा दुखेसो गरे । प्रदेश प्रमुख शेरचनले ७८ औँ पटक रक्तदान गरेका रक्तदाता कृष्ण चौहानलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा हाम्रो रगत नामक पुस्तक विमोचन गरिएको थियो भने हाम्रो रगत गीत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व भएको जिकिर गर्दै निःशुल्क रगत पाउनु नैसर्गिक अधिकार रहेको बताए। उनले सरकारबाट २५ बेडसम्मका अस्पतालले ब्लड बैंक खोल्न पाउने भनिए पनि त्यो कार्यान्वयन हुन नसकेको गुनासो गरे ।
समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले निःशुल्क रगतको अभियान गाउँगाउँमा पुर्याउन सकिने सम्भावना रहेको बताउँदै सरकार यस विषयमा चासो नदिँदा बिरामीहरू पीडित हुनुपरेको बताए । नेपाल रेडक्रस सोसाइटीलाई एकलौटी रूपमा ब्लड बैंकको जिम्मा दिनु गलत भएको भन्दै स्थानीय पालिकाहरूमा ब्लड बैंक खोल्न सकिने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
-
त्यो एक मिनेट : जब पृथ्वीका ९९ प्रतिशत मानिसले एकैपटक उज्यालो पाउनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण