राजनीति
रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा
शनिबार, १६ वैशाख २०८०, २० : १३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी)ले आफ्नो पदबाट राजीनामा दिएका छन्। रास्वपाका उपसभापति समेत रहेका अर्यालले शनिबार राजीनामा दिएका हुन् ।
शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा अर्यालले राजीनामा बुझाएका छन् । अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा स्वीकृत गर्ने प्रक्रियामा रहेको बताइएको छ ।
सोमबार रास्वपाको संसदीय दलको बैठक बस्दैछ । सो बैठकले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता चयन गर्दैछ ।
वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । शुक्रबार सपथ लिएसँगै उनी प्रतिनिधिसभा बैठकमा उपस्थित भएका थिए । अहिले दलको नेताको जिम्मेवारी उपनेता विराजभक्त श्रेष्ठले सम्हालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण