आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

शनिबार, १६ वैशाख २०८०, २० : १३
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी)ले आफ्नो पदबाट राजीनामा दिएका छन्। रास्वपाका उपसभापति समेत रहेका अर्यालले शनिबार राजीनामा दिएका हुन् ।

शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा अर्यालले राजीनामा बुझाएका छन् । अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा स्वीकृत गर्ने प्रक्रियामा रहेको बताइएको छ । 
सोमबार रास्वपाको संसदीय दलको बैठक बस्दैछ । सो बैठकले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता चयन गर्दैछ ।

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । शुक्रबार सपथ लिएसँगै उनी प्रतिनिधिसभा बैठकमा उपस्थित भएका थिए । अहिले दलको नेताको जिम्मेवारी उपनेता विराजभक्त श्रेष्ठले सम्हालेका छन् ।
dp aryal

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप