सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, ४९ रुपैयाँमा १०० मिनेट भ्वाइस सेवा

आइतबार, १७ वैशाख २०८०, १२ : ११
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ (आईसीटी डे) को अवसरमा ग्राहकहरूका लागि अफर ल्याएको हो ।  यो अफर आइतबारदेखि वैशाख १९ सम्म लागु हुनेछ । अफर भ्वाइस र डाटा प्याकेजमा उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध रहेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध रहेको उनले बताए ।  

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस वैशाख १९ गते मनाइँदै छ । 

Offer-Image

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप