निराको हत्यालगत्तै टेम्पो चढेर भागेका थिए आरोपी
काठमाडौँ । गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्यालगत्तै आरोपी टेम्पो चढेर भागेको खुलेको छ । सिक्री लुटपाटको उद्देश्यबाट भएको हत्यापछि आरोपी पहिले टेम्पु चढेर चावहिलसम्म र त्यहाँबाट पठाओ चढेर मनोहरा पुलसम्म पुगेको पाइएको हो ।
गत वैशाख ७ गते अपरान्ह बागलुङ स्थायी घर भएकी निरा पाण्डे आचार्यको आफैले सञ्चालन गरेको निरु किचन नामक भाँडा पसलमा हत्या भएको थियो । हत्याको ९ दिनपछि शुक्रबार राती मात्रै आरोपीको पहिचान खुलेको थियो । प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद विक भएको पत्ता लागेपछि प्रहरी विनोदको खोजीमा झापासम्म पुगेर उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले हत्या भएको समय वरपरको सिसीटिभी फुटेज लगायतको प्राविधिक विश्लेषण पश्चात् हत्यामा विनोदको संलग्नता हुनसक्ने भन्दै उनको खोजी गरेको थियो । घटनास्थल नजिकै रहेको सिसीटिभी फुटेजमा देखिएको व्यक्तिको भिडियो फुटेज अध्ययन गर्दै जाँदा प्रहरी मनोहरा पुलसम्म पुगेको थियो । मनोहरा पुलमा पुगेर कोही व्यक्ति कुनै पठाओबाट झरेको पाएपछि प्रहरीले करिब ४ दिनसम्म ती व्यक्तिको खोजी गरेको थियो । सशंकितलाई उक्त क्षेत्रमा नदेखेपछि प्रहरीले अन्य विधि प्रयोग गरेर युवक बस्ने गरेको कोठासम्म पुगेको थियो ।
हत्यामा संलग्न भनी शंका गरिएका व्यक्ति झापाका विनोद विक रहेको र उनी साथीहरुसँग वीपी स्मृति अस्पताल नजिकै रहेको पिज्जा हब रेष्टुरेण्ट नजिकै कोठा भाडामा लिइ बस्ने गरेको पत्ता लागेको थियो । उक्त कोठामा पुगेको प्रहरीले खानतलासी गर्दा विनोदको डेरा कोठाबाट घटनाका समयमा प्रयोग भएको रगत लागेको सर्ट, ब्याग र जुत्तासमेत बरामद गरेको थियो । त्यसलगत्तै प्रहरी झापा पुगेर विनोदलाई पक्राउ गरी आइतबार मध्यान्ह केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा ल्याएको छ ।
हत्यापछि निराको सिक्री लुटेर भागेका विनोदले त्यसको भोलिपल्ट नै बालाजुको एक सुन पसलमा सिक्री धितो राखेर पैसा लिएर गएको पाइएको छ । प्रहरीले उक्त सिक्री समेत बरामद गरिसकेको छ । सिक्री धितो राखेर केही रकम लिई विनोद सोही दिन बस चढेर झापा गएको पाइएको छ । त्यसलगत्तै प्रहरीले शनिवार बिहानै विनोद बस्ने गरेको काठमाडौंस्थित कोठामा छापा मारी हत्याको समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको थियो । काठमाडौंबाट भागेर झापा पुगेका विकलाई पक्राउ गर्न शनिवार बिहान काठमाडौंबाट सिआइबी र अपराध महाशाखाको दुईजना डीएसपी झापा पुगेका थिए ।
घटनाको छानबिन गरी दोषी पत्ता लगाउने जिम्मा पाएको समितिका एक सदस्यका अनुसार आरोपितले आफ्नो अपराध कबुल गरिसकेका छन् । हत्याको अन्य कुनै कारण नभएर लुटपाटको उद्धेश्यमात्रै रहेको प्रारम्भिक बयान दिएको पनि समितिका एक सदस्यले रातोपाटीलाई बताए ।
आरोपित पहिले नाइट क्लबका बाउन्सर
हत्यामा संलग्न भनी आरोपित गरिएका विक पहिले ठमेलको एक क्लबमा बाउन्सरको रुपमा काम गर्ने गरेको पत्ता लागेको छ । तर पछिल्लो समय उनी बेरोजगार रहेको र खर्चका लागि निराले घाँटीमा लगाएको सुनको सिक्री लगायत नगद लुटपाट गर्ने उद्धेश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा निराको हत्या नै गर्ने उद्धेश्य नभएपनि लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि निराको हत्या गरी सुनको सिक्री लिएर भागेको प्रहरी स्रोतको दावी छ । प्रहरीले निराको सुनको सिक्री पनि बरामद गरिसकेको बताइएको छ । यस विषयमा आज सीआइबीले पत्रकार सम्मेलनमार्फत जानकारी दिइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण